२५ आश्विन २०८३, आइतबार | October 11, 2026

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ ।

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुन पुगेपछि सभामुख सापकोटाले आजका लागि हिजो सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा सहभागी हुन संसदमा रहेका सबै दलका संसदीय दलका नेतालाई निमन्त्रणा गरिएको थियो । तर, बैठकमा नेकपा एमाले भने अनुपस्थित भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका प्रेम सुवाल उपस्थित भएका छन् । यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी भएका छन् ।

सभामुख र आफ्नो दलबीचको विवादमा अन्य दललाई समेत बोलाइएको र त्यसमा पनि आफुहरुले कारवाही गरेका व्यक्ति समेत उपस्थित भएको भन्दै एमालेलेले बैठकमा अनुपस्थित भएको हो । एमालेले १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने या सभामुखले नै राजीनामा दिनुपर्ने नयाँ अडान राख्न थालेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ३ : ०६ बजे

बुटवलको कालिकानगरबाट पुनः सञ्चालनमा आयो पवन मिष्ठान भण्डार

बुटवल । पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालनमा

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा

बुढीगण्डकीको बाढीले त्रिशूलीमा जोखिम बढ्यो, बेनीघाटसम्म अति उच्च जोखिम

काठमाडौं । बूढीगण्डकी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि

सेनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौं । बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार

बूढीगण्डकीको बाढीले आरुघाट जोड्ने पक्की पुल बगायो, बजार खाली

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको