२९ मंसिर २०८२, सोमबार | December 15, 2025

४४ लाख डोज भेरोसेल आज दिउँसो नेपाल आइपुग्दै



काठमाडौं । आज नेपालमा ४४ लाख डोज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आईपुग्दैछ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्ने भएको हो ।

खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे चीनतर्फ उडान गरेको थियो । चीनबाट खोप लिएर उडेको विमान आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप आएसँगै केही दिनमा फेरि खोप लगाउन बाँकी नागरिकहरुका लागि खोप अभियान शुरु गरिने जानकारी दिए ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ भने नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ०४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले