५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारमा आज भने आज भोलि भने भोलि जान तयार छौं : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

नेपालले आफ्नो पार्टीकोतर्फबाट मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताए । सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको उनले बताए । नेपालले भने, म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थेँ, मन्त्रिपरिषद् विस्तारबारे । यद्यपी, आशा गरौं यो हप्ताभित्र हुन्छ ।’

अध्यक्ष नेपाललले आफ्नो पार्टी बोलेर होइन गरेर देखाउने पार्टी बन्ने दाबी गरे । उनले गफबाट जनतालाई अल्मल्याउने पार्टी र नेता नभै बोली र व्यवहारले पुष्टि गर्ने पार्टी र नेता बन्ने विश्वास व्यण्क्र गरे । उनले भने, ‘हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।’

त्यसअवसरमा पार्टीका कार्यलय सचिव गंगालाल तुलाधरले अब पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाट संचालिन हुने जानकारी दिए ।

 

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ५८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता