११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

सरकारमा आज भने आज भोलि भने भोलि जान तयार छौं : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

नेपालले आफ्नो पार्टीकोतर्फबाट मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताए । सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको उनले बताए । नेपालले भने, म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थेँ, मन्त्रिपरिषद् विस्तारबारे । यद्यपी, आशा गरौं यो हप्ताभित्र हुन्छ ।’

अध्यक्ष नेपाललले आफ्नो पार्टी बोलेर होइन गरेर देखाउने पार्टी बन्ने दाबी गरे । उनले गफबाट जनतालाई अल्मल्याउने पार्टी र नेता नभै बोली र व्यवहारले पुष्टि गर्ने पार्टी र नेता बन्ने विश्वास व्यण्क्र गरे । उनले भने, ‘हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।’

त्यसअवसरमा पार्टीका कार्यलय सचिव गंगालाल तुलाधरले अब पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाट संचालिन हुने जानकारी दिए ।

 

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ५८ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम