१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

ओलीको रिटमा जारी भएन अन्तरिम आदेश, सक्कल फाइल झिकाउने आदेश



काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ ।

ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय दीपककुमार कार्की र चुमार चुडालको संयुक्त इजलासले सक्कल फाइल मागेको हो ।

निर्वाचन आयोगले ९ भदौमा एमालेले कारवाही गरेका नेपालसहित १४ सांसदको सनाखत गरेको निर्णयको सक्कल सर्वोच्चले फाइल मागेको छ । त्यसैगरी सभामुख सापकोटाले १३ भदौमा एमालेले कारवाही गरेका सांसदको पदमुक्तको सूचना टाँस्न नपर्ने निर्णयको फाइल पनि मागेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश सभामुख घर्तीको निर्णय र प्रदेशसभा सचिवालयबाट ४ भदौमा भएको पत्राचारको सक्कल फाइल झिकाउन आदेश गरेको हो । ओलीको मुद्दामा सोमबार र आज मंगलबार दुइतर्फी बहस भएको थियो । बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनेरनदिने निर्णय लिन सक्कल फाइल मगाएको हो ।

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ५२ बजे

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौं । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा