६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

ओलीको रिटमा जारी भएन अन्तरिम आदेश, सक्कल फाइल झिकाउने आदेश



काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ ।

ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय दीपककुमार कार्की र चुमार चुडालको संयुक्त इजलासले सक्कल फाइल मागेको हो ।

निर्वाचन आयोगले ९ भदौमा एमालेले कारवाही गरेका नेपालसहित १४ सांसदको सनाखत गरेको निर्णयको सक्कल सर्वोच्चले फाइल मागेको छ । त्यसैगरी सभामुख सापकोटाले १३ भदौमा एमालेले कारवाही गरेका सांसदको पदमुक्तको सूचना टाँस्न नपर्ने निर्णयको फाइल पनि मागेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश सभामुख घर्तीको निर्णय र प्रदेशसभा सचिवालयबाट ४ भदौमा भएको पत्राचारको सक्कल फाइल झिकाउन आदेश गरेको हो । ओलीको मुद्दामा सोमबार र आज मंगलबार दुइतर्फी बहस भएको थियो । बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनेरनदिने निर्णय लिन सक्कल फाइल मगाएको हो ।

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ५२ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र