७ पुस २०८२, सोमबार | December 22, 2025

२४ घण्टामा ९५३ सङ्क्रमित थपिए, १३७१ सङ्क्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ मा सङ्क्रमण देखिएको हो ।

हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७०० छन् । पछिल्लो २४ घण्टामा एक हजार ३७१ ले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५९ हजार ८७५ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३६३ सघन उपचारकक्ष (आइसीयू), १०९ भेन्टिलेटर, १८ हजार ३४० होम आइसोलेशन, एक हजार ३६० संस्थागत आइसोलेशन र २३७ क्वारेन्टिनमा छन् ।

पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप दुई लाख १६ हजार ७२५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ३२ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको