३२ असार २०८३, बिहिबार | July 16, 2026

भन्सार छली नेपाल भित्राएर भण्डारण गर्ने गोदाममा रुपन्देही प्रहरीको छापा, २५ लाख बढीको सामान बरामद



बुटवल । तस्करीको सामान भण्डारण गर्ने गरिएको रुपन्देहीको एउटा गोदाममा रुपन्देही प्रहरीको छापा परेको छ । भारतबाट सामान तस्करी गरि भित्राउने र गादाममा भण्डारण गरि बिभिन्न स्थानमा बिक्री बितरण गर्ने गरिएको गोदाममा प्रहरीले छापा मार्दा २५ लाख बढी मुल्यको सामान समेत प्रहरीले बरामद गरेको छ । रोहिणी गाउँपालिका(२ खुरहुरियास्थित एउटा खाली घरमा रहेको गोदाममा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र त्यसै मातहतको धकधई प्रहरीको संयुक्त टोलीबाट शुक्रबार राति १० बजे उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको रुपन्देही प्हरी प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरीका अनुसार सो गोदामबाट कुर्ती १६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद गरिएको छ।

प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना अनुसार चोरी तस्करी र अपराध नियन्त्रणमा खटिएको प्रहरी टोलीले भन्सार छली गरि पैठारी गरिएको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्हरीको छापाको सूचना लिक भएपछि सामान तस्करी गर्ने समुह भने पहिले नै गोदाम छाडेर फरार भएको प्रहरी स्रोतले उल्लेख गरेको छ । बरामद भएको सामान आइतबार भन्सार कार्यालयमा दाखिला गरिने डीएसपी थापाले बताए । प्रहरीले हरेक दिन भन्सार छलेर नेपाल भित्राईने गरेको सामान बरामद गर्ने गरेपनि तस्करीमा संलग्न ब्यक्तिहरु भने नगन्य मात्रामा पक्राउ गर्ने गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ३७ बजे

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित