२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सत्तामा छँदा असाधारण काम गरेका छौं, चुनावमा एजेण्डाको कमी छैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भएको समयमा असाधारण काम गरेको दाबी गरेका छन् ।

केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्वमा भएका बेला असाधारण काम गरेको दाबी गरेका हुन् । राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त नै प्रस्तुत गरे । उनले धेरैले सिक्नुपर्ने गरी आफ्नो नेतृत्वको सरकारले सरकारले काम गरेको बताए ।

अध्यक्ष ओलीले राम्रो काम गरेका कारण चुनावमा आफुहरुलाई कुनै समस्या नभएको जिकिर गरे । उनले चुनावमा जाने एजण्डा के बनाउने भन्ने अवस्था आफ्नो पार्टीलाई न भएको बताए । एकपटक प्रतिपक्षमा पुग्यौं भन्दैमा आत्तिनु नपर्ने बताउँदै ओलीले फेरि सम्हालिएर अघि बढ्न सक्ने प्रतिवद्धता जनाए ।

ओलीले राजनीतिक प्रतिवेदनमा भविष्यलाई निर्दिष्ट विचार र गन्तव्य रहेको बताए । अहिले पार्टीको ध्यान महाधिवेशन र संगठन निर्माणमा हुनुपर्ने उनले धारणा राखे ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : २४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले