१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आइएमई डबलको डवलको डबल अफर: दुई जनाले पाए दोब्बर रकम



काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको हो ।

उनीहरुले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः रू.४१,५०७ र रू.४८,०२० नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।
अफर अनुसार आइएमईले उनीहरु वा निजको सिफारिसमा उनीहरुका निकटका आफन्तलाई लाई क्रमशः रू. ८३,०१४  र रू. ९६,०४० उपहार स्वरूप प्रदान गर्नेछ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ ।

आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैनन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ०३ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता