५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले केन्द्रीय कमिटीबाट ३ वटा प्रतिवेदन पारित, उपमहासचिव भुसालले राखे ३ बुँदे फरकमत



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीका उपमहासचिव घनश्याम भुसालको ३ बुँदे फरक मतका बीच तीनवटा प्रतिवेदनहरुलाई पारित गरेको छ । शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन आइतबार स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका छन् । आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत राखेका थिए ।

भुसालले जनताको बहुदलिय जनवादबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेका थिए ।

यद्देपी बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी ती दस्तावेज पारित भएको छ । भुसालको फरकमत प्रतिवेदनमा समावेश गर्ने वा फरक मतका साथ महाधिवेशनमा जाने बारे बैठकले केही निर्णय नगरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । आजको बैठकमा ओली, पोरखेल र पौडेलले समुहगत छलफलबाट उठेको प्रश्नहरुको जवाफ दिएका थिए ।

प्रतिवेदनहरुमाथि छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो । समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ३७ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र