६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीमा सीमाक्षेत्रमा तस्करी धन्दा बढ्यो, हरेक दिन लाखौंको सामान प्रहरीको नियन्त्रणमा



बुटवल । चाडपर्व नजिक आएसँगै सीमावर्ती क्षेत्रमा भन्सार छलेर सामान भित्राउने क्रम पनि बढेको छ । दशैंको ब्यापारलाई लक्षित गर्दै तस्कारीको सामन बेच्ने गरेका व्यापारीले भन्सार छली नेपाल भित्राएका लाखौंको सामान हरेक दिन प्रहरीले जफत गरेपनि सामान ल्याउने क्रम रोकिएको छैन । रुपन्देही प्रहरीले सोमबार पनि ८ लाख १६ हजार बढीको भन्सार छलेर नेपाल भित्राइएका बिभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।

रुपन्देही प्रहरीका अनुसार वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मायादेवी गाउँपालिका ८ बाट भारतबाट नेपाल तर्फ
अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको बकरम ३२ मि. (२०६पिस), लेस डोरी ६९ पिस, टिसर्ट ५० पिस, रेडिमेड सर्ट ५० पिस, लेगिज ३१ पिस, जुत्ता चप्पल सोल ४७८ जोर, कपडाको जुत्ता ९६ पिस, छालाको बेल्ट २८४ पिस, रेडिमेड टप्प सेट १९ पिस, चामल राख्ने प्लाष्टिकको बोरा ३४५ पिस, थान कपडा १२० मिटर, चिनी ४ बोरा (२०० केजी सहित ६ लाख ७९ हजार २४० बराबरको अबैध सामान नियनत्रणमा लिएको छ ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही बुटवल उप( महानगरपालिका ६ अमरपथबाट अबैध
रुपमा भन्सार छली गरी ल्याउदै गरेको साडी ५० थान, कुर्ता सुरुवाल १५७ थान र अन्य कपडाहरु गरी १ लाख ३७ हजार ५०० बराबरको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

पक्राउ परेको सामान भन्सार प्रयोजनका लागि भन्सार कार्यालय बेलहिया पठाइएको थापाले बताए । प्रहरीले आज पनि सामान नियन्त्रणमा लिएर तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको छैन ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : १४ बजे

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका