२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देहीमा सीमाक्षेत्रमा तस्करी धन्दा बढ्यो, हरेक दिन लाखौंको सामान प्रहरीको नियन्त्रणमा



बुटवल । चाडपर्व नजिक आएसँगै सीमावर्ती क्षेत्रमा भन्सार छलेर सामान भित्राउने क्रम पनि बढेको छ । दशैंको ब्यापारलाई लक्षित गर्दै तस्कारीको सामन बेच्ने गरेका व्यापारीले भन्सार छली नेपाल भित्राएका लाखौंको सामान हरेक दिन प्रहरीले जफत गरेपनि सामान ल्याउने क्रम रोकिएको छैन । रुपन्देही प्रहरीले सोमबार पनि ८ लाख १६ हजार बढीको भन्सार छलेर नेपाल भित्राइएका बिभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।

रुपन्देही प्रहरीका अनुसार वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मायादेवी गाउँपालिका ८ बाट भारतबाट नेपाल तर्फ
अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको बकरम ३२ मि. (२०६पिस), लेस डोरी ६९ पिस, टिसर्ट ५० पिस, रेडिमेड सर्ट ५० पिस, लेगिज ३१ पिस, जुत्ता चप्पल सोल ४७८ जोर, कपडाको जुत्ता ९६ पिस, छालाको बेल्ट २८४ पिस, रेडिमेड टप्प सेट १९ पिस, चामल राख्ने प्लाष्टिकको बोरा ३४५ पिस, थान कपडा १२० मिटर, चिनी ४ बोरा (२०० केजी सहित ६ लाख ७९ हजार २४० बराबरको अबैध सामान नियनत्रणमा लिएको छ ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही बुटवल उप( महानगरपालिका ६ अमरपथबाट अबैध
रुपमा भन्सार छली गरी ल्याउदै गरेको साडी ५० थान, कुर्ता सुरुवाल १५७ थान र अन्य कपडाहरु गरी १ लाख ३७ हजार ५०० बराबरको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

पक्राउ परेको सामान भन्सार प्रयोजनका लागि भन्सार कार्यालय बेलहिया पठाइएको थापाले बताए । प्रहरीले आज पनि सामान नियन्त्रणमा लिएर तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको छैन ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : १४ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन