२६ माघ २०८२, सोमबार | February 9, 2026

‘बजारमा चिनीको अभाव छैन, तीन महिनालाई पुग्ने मौज्दात छ’



काठमाडौं । सरकारले बजारमा चिनीको अभाव नरहेको स्पष्ट पारेको छ । दशैंतिहार नजिकिँदै जाँदा बजारमा चिनीको अभाव भएको हल्ला चलेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनालाई पुग्नेगरी मौज्दात रहेको स्पष्ट पारेको हो ।

बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष माधव तिमिल्सिनाले चिनीजस्ता अतिआवश्यक खाद्य वस्तुको मूल्य बढ्यो भनेर हल्ला चलेको भन्दै प्रश्न उठाएपछि उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराईले ३० हजार टन मौज्दात रहेको जवाफ दिए ।

‘चिनीको अभाव छैन। आधार, तथ्य र तथ्यांकले भन्छ । दशैंसम्म पुग्छ । तीन महिनालाई पुग्ने मौज्दात छ,’ उनले भने, ‘सरकार प्रतिबद्ध छ कुनै पनि वस्तु अभाव नहोस् । सहरमात्र होइन दुर्गममा पनि अभाव हुँदैन ।’

भन्सार विभागकाअनुसार यसपालि २ लाख १२ हजार टन चिनी आयात भएको तथ्यांक रहेको सचिव भट्टराईले बताए । नेपाल आफैं १ लाख ७० हजार टन उत्पादन गर्न सक्षम देखिएको उनको भनाइ थियो । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग छ ।

सरकारसँग वितरण हुने नुन र पेट्रोलियम पर्दाथबाहेक सबै बजारमा उलब्ध हुने र बजारले उपलब्ध गराउने उनको भनाइ थियो । ‘चाडपर्वमा कुनै ठाउँमा अभाव भए तुरून्तै आपूर्ति गरेर समाधान गर्छौं । बजारलाई स्वस्थ र बजारजस्तो बनाउँछौं,’ उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : १० बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी