१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पहिराले अवरुद्ध बागलुङ-कुश्मीशेरा सडक साढे तीन महिनापछि मर्मत सुरू



बागलुङ । पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ-कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका-१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।

गत असार १ गते खसेको पहिराका कारण अवरुद्ध भएको सडक असार १८ गते वर्षासँगै आएको पहिराले क्षतविक्षत भएको थियो । सडक मर्मतका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट १६ लाख ६० हजार रुपैयाँ र त्यसको २० प्रतिशत रकम स्थानीय उपभोक्ताले व्यहोर्ने गरी सडक मर्मतको काम थालिएको हो ।

२० लाख ९३ हजार लागत अनुमान गरेर मर्मत थालिएको सडक दशैँअगावै सञ्चालनमा ल्याइने बताइएको छ । तीन चरणका कामको स्टिमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्रयाक खोल्ने काम हुने बताइएको छ । पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सञ्चालन गर्न कठिन हुने भएको स्थानीय बताउँछन ।

पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिकरूपमा सञ्चालनमा आएको कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिराले बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।

नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : १४ बजे

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना