२३ भदौ २०८३, मंगलबार | September 9, 2026

प्रदेशको समृद्धिका लागि खानी उत्खननको जिम्मेवारी प्रदेश सरकारलाई दिनु पर्छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि खानी उद्योग क्षेत्रको महत्पूर्ण योगदान रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपुर्र्तिम मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेशको समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।

उनले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि उद्योगीहरुलाई अनुरोध गर्दै उद्योग क्षेत्रलाई उद्योग मैत्री वातावरण, सहयोग कार्यक्रम गर्न प्रदेश सरकार तयार रहेको बताए । खानी एक स्थान र उद्योग अर्काे स्थानमा भएकाले गर्दा लागत रकम धेरै लागेको उल्लेख गर्दे मुख्यमन्त्री केसीले त्यसलाई सकेसम्म न्यूनिकण गर्न उद्योगीहरुलाई सुझाव दिए । उनले खानी उत्खनन् गर्दा भविस्यमा हुने वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने बताउँदै उद्योग मात्रै सञ्चालन भन्दा पनि त्यसबाट हुने खतरालाई पनि ध्यान दिर्दै अगाडि बढाउनु पर्ने बताए ।

मुख्यमन्त्री केसीले उत्खननको जिम्मेवारी प्रदेशलाई दिनु पर्ने र अन्वेषणको जिम्मेवारी संघ सरकारलाई दिनुपर्नेमा जोड दिए । ‘संघीय सरकारलाई अन्वेषणको जिम्मेवारी र प्रदेशलाई उत्खनन्को जिम्मेवारी प्रदान गर्नुपर्नेमा संघ सरकारले उत्खनन् र प्रदेश सरकालाई अन्वेषणको जिम्मेवारी प्रदान गर्दा उल्टो भएको छ ।’ उनले भने ।

उनले उद्योगहरु मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नु पर्ने बताउँदै साना उद्योग भन्दा पनि ठूला उद्योग सञ्चालनमा जोड दिनुपर्ने बताए । उनले वातावरणनीय क्षेत्रलाई बचाई राख्न आवश्यक रहेको बताउँदै खानी सञ्चालन गर्ने उद्योगहरुले ग्रामीण क्षेत्रका जनताको विकासमा पनि अगाडि बढेर विद्यालय, पार्क लगायतको क्षेत्रमा बनाई जनतालाई खुशी बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले प्रदेशको विकास समृद्धिका लागि अगाडि बढ्नका लागि सबैलाई अनुरोध गरे । उ

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ३६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी