१५ चैत्र २०८२, आइतबार | March 29, 2026

मानसिक स्वास्थ्य समस्या तथा यसको व्यवस्थापन



मानसिक स्वास्थ भनेको सुस्वास्थ्यको यस्तो अवस्था हो जसमा प्रत्येक व्यक्तिले आफ्नो सम्भाव्यताको महसूस गर्न सक्तछ, जीवनका सामान्य तनावहरुलाई समायोजन गर्न, उत्पादन र फलदायी ढंगले काम गर्न र आफ्नो समुदायमा योगदान पुर्याउन सक्तछ । (मनोसामाजिक अपाङ्गता स्रोत पुस्तिका,२०७०)

मानसिक बिमारी नहुनु वा मानसिक रुपले अशक्त नहुनु मात्र मानसिक स्वास्थ्य हुने होइन कि सामाजिक, आध्यात्मिक, ज्ञानात्मक र संवेगात्मक वा भावनात्मक तबरले पूर्ण रुपले मानसिक स्वस्थ अवस्थालाई नै मानसिक स्वास्थ्य भनिन्छ । (विश्व स्वास्थ्य संगठन, २००१)

कुन्दन काफ्ले

मनोवैज्ञानिक भनेकोअनुभूति, सोचाई विचार, विश्वास, मूल्य, मान्यता, धारणा, भावना/संबेग, विश्वास, इच्छा, व्यवहार, ज्ञान, चेतना, सामना गर्ने श्रोतहरु इत्यादी हो भने सामाजिक भनेकोहाम्रो वरिपरीको वातावरण, सम्बन्ध, रीतिरिवाज, परम्परा, मूल्य मान्यता, विद्यालय, साथीभाई, परिवार, समूह, संस्कृति, विद्यमान सहयोग प्रणाली, अन्तरसम्बन्ध इत्यादि हो ।

समाज र व्यक्ति मध्ये कुनै एक पक्ष अथवा दुवै पक्षले समय सापेक्ष आफ्नो सम्बन्धमा आएका परिवर्तनहरुलाई नस्वीकारी एकोहोरो एउटै आसयमा अडिग रहेर कार्य गरिरहँदाको परिणामले ल्याउने मनोवैज्ञानिक समस्या नै मानसिक समस्या हो । सम्बन्ध कारक र व्यक्त वाहक हुने यस्तो समस्यामा व्यक्ति स्वयम् भने मानसिक स्वास्थ्य समस्याका कारण समुदायबाट अलग्गिएको हुन्छ ।

मानसिक स्वास्थ्य समस्या निम्त्याउने संभावित कारणहरुः

* दवाव, दमन, हिंसा, यातना, दुर्व्यवहार, डर, भय, त्रास, ग्लानी, भेदभाव
* उपहास, अपमान वा मानहानी, हेपाई, घृणा, वेवास्ता, पक्षपात, असफलता
* आर्थीक अभाव, स्रोत र साधनमा न्युन पहँुच
* पहुँचयुक्त सूचनाको अभाव, अवसरहरुमा कमी
* व्यक्तिगत ग्रहणशिलता
* अति व्यस्त दैनिकी, अस्वस्थ प्रतिस्पर्दा
* सौखिन जीवन शैली
* अस्वस्थ सम्बन्ध, गरीबी, अशिक्षा, असहयोग
* उल्याउनु, होच्याउनु, झिस्क्याउनु, एक्ल्याउनु
* कडा नियन्त्रण, भवितव्य पर्नु, दुर्घटना वा दैवी प्रकोप
* हतोत्सायी तुल्याउनु, अवमूल्यन गर्नु

 

मानसिक स्वास्थ्य समस्याका लक्षणहरु

* आँखा जुधाएर कुरा गर्न नसक्नु
* दुब्लाउँदै जानु
* रुचीमा कमी हुनु
* निन्द्रामा गडबडि देखिनु
* अत्याधिक डराउनु वा डर हराउनु
* ध्यान केन्द्रित गर्न नसक्नु
* केही कुरामा पनि मन नलाग्नु
* बेचैन हुनु, छटपटी बढ्नु
* सबै तिरबाट टाढिंदै जानु
* सरसफाइमा ध्यान नजानु
* झोक्राएर बस्नु,
* बोलेर आफ्नो कुरा अभिव्यक्त गर्न नसक्नु
* तिब्र आवेग, हिनताबोधको शीकार हुनु
* कार्य कौशलतामा गिरावट हुनु
* भनाई र गराई वीचको समन्वयमा कमी देखिनु

मानसिक स्वास्थ्य समस्याको व्यवस्थापन

१. व्यक्ति केन्द्रित व्यवस्थापनका उपायहरु :
* आफूलाई व्यस्त राख्ने
* संतुलित भोजन गर्ने
* प्राणायाम, योग, ध्यान, कसरत गर्ने
* प्रेरक प्रसंग, चुटकिला, गीत–संगीत, नाटक, नृत्य हेर्ने तथा सुन्ने
* सकारात्मक सोच्ने
* निरन्तर साथिभाई घर परिवारको सम्पर्कमा रहने
* मनको छटपटी आफ्नो विश्वासिलो मान्छेलाई भन्ने
* तालिका बनाएर दैनिक कार्य गर्न प्रयत्न गर्ने

२. परिवार केन्द्रत व्यवस्थापनका उपायहरु :
* खान–पान तथा बसाईको उचित प्रबन्ध मिलाई दिने
* सम्बन्धित व्यक्तिको कुरा सुनिदिने
* पारिवारीक मुद्धाहरुमा सम्बन्धित व्यक्तिको पनि राय सुझाव लिने
* निर्णय लिन सघाउने
* आदरसम्मान गर्ने
* आत्मीय व्यवहार गर्ने
* भावनात्मक सहायोग गर्ने
* आफ्नो भनाइ नलाध्ने
* दोष नदिने, गालि नगर्ने, कचकच नगर्ने
* ठूलो स्वारमा नबोलिदिने
* हेरचाह गर्ने
* आवश्यक परे मनोपरामर्स दाता तथा मनोचिकित्सकको सेवा लिन सूचित सहमति जुटाउने ।

३. समुदाय केन्द्रित व्यवस्थापनका उपायहरु :
* पूर्वाग्रह नराख्ने नीति लिने
* सामाजिक सहभागीतामा व्यवधान खडा गर्ने अवरोधहरुको पहिचान गरी सो लाई हटाउने
* जबरजस्ति नगर्ने, सूसुचित निर्णय लिन सघाउने
* लान्छना नलगाउने, वहिस्कार नगर्ने
* समुहिक सत्कार गर्ने, प्रसंसा गर्ने, पुरस्कृत गर्ने
* योगदान प्रवर्धन गर्ने
* समान व्यवहार गर्ने, समभाव राख्ने
* छनौट सहित स्वतन्त्रपूर्वक समुदायमा बस्न पाउने अधिकारको परिपूर्ती गर्ने
* सकारात्मक व्यवहार गर्ने
* सामाजिक कार्यमा स्वतन्त्रतापूर्वक सहभागी हुने वातावरण तयार गर्न उपयुक्त व्यवस्था गर्ने
* विभेदकारी अभ्यासलाई खारेज गर्ने
* पहुँचलाई प्रवर्धन गर्ने खालका कानून, नीति, नियम र कार्ययोजना बनाउने
* समान अवसर प्रदान गर्ने
* समाजिक सुरक्षा उपलब्ध गराउने
* हेपाहा शव्दावलीहरुको प्रयोगमा बन्देज लगाउने
* अन्य व्यक्ति सरह राज्यका स्रोत, साधन तथा संयन्त्रहरुमा पहूँच दिलाउने

[email protected]

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ४४ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक