१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनीमा १७ सदस्यीय जम्बो मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ



बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ।

सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। केसीले १७ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएका छन् ।

गठबन्धन दलहरुबीच मन्त्रालय भागवण्डा र मन्त्रीहरुको नाम चयन हुन नसक्दा लम्बिएको मन्त्रिपरिषद् विस्तारको काम आइतबार मात्र पुरा भएको हो । मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सात मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आइतबारै सपथ लिएका छन् । प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीलाई शपथ गराएका छन् ।

विस्तारित मन्त्रिपरिषद्अनुसार माओवादी केन्द्रबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री भएका छन्।

यसैगरी कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री बनेका छन् भने बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री भएका छन्।

यस्तै नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन्।

माओवादीबाट दाङकी विमलाकुमारी वलि खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएकी छन्। यस्तै कांग्रेसबाट दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले राज्यमन्त्रीको शपथ लिएका छन्। श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन्।

गत साउन २८ गते माओवादी केन्द्रका संसदीय दलका नेता केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो।

माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिपरिषद् विस्तार भई १७ सदस्यीय बनेको हो।

केसी मन्त्रिपरिषद् सातै प्रदेशमा सबैभन्दा जम्बो बनेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ११ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको