१६ बैशाख २०८१, आइतबार | April 28, 2024

वास्तविक कथामा आधारित फिल्म ‘गोरखा’ मा बलिउड नायक अक्षयकुमारले अभिनय गर्ने



एजेन्सी । बलिउड नायक अक्षर कुमारले वास्तविक कथामा आधारित फिल्म ‘गोरखा’ मा काम गर्ने भएका छन् । आनन्द एल रायले निर्माण गर्न लागेका गोरखा फिल्मको पोस्टर सार्वजनिक भएको छ । गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो ।

यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ । सन् १९६२ को सीनो(इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् । पाकिस्तानको केन्द्रीय फौजका विरुद्ध अग्रपङ्तीमा रहेर गोरखा फौजको एउटा टुकडी लडाई लडेको थियो । सो लडाईमा ५०० जनाको गोरखा फौजले ठूलो संख्यामा रहेका पाकिस्तानी फौजलाई आत्मसमर्पण गराएको थियो । मेजर जनरल इयान एउटामात्र खुट्टाका भरमा पाकिस्तानका विरुद्ध लडाई लडेको कथामा आधारित सो फिल्म तयार पारिएको बताइएको छ ।

यो फिल्मलाई चर्चित निर्देशक सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्नेछन् भने कलर येलोको ब्यानरमा यो फिल्म बन्नेछ छ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : ५१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क