२९ मंसिर २०८२, सोमबार | December 16, 2025

सर्वोच्चका असन्तुष्ट न्यायाधीसहरुले प्रधानन्यायाधीसलाई भेट्दै



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई आज भेट गर्दैछन् ।

हिजो प्रधानन्यायाधीस जबराले बोलाएको फुलकोर्ट बैठक र इजलास बहिस्कार गरेर अलग्गै छलफल गरेका न्यायाधीसहरुले जबरालाई भेट गर्न लागेका हुन् । उनीहरुले बिहान साढे ११ बजे भेट गर्न लागेका हुन् ।

प्रधानन्यायाधीसको कार्यशैलीप्रति असन्तुष्ट भएका १४ न्यायाधीसहरुले भेटका क्रममा उनको राजीनामा माग्ने बुझिएको छ । न्यायपालिकाको निस्पक्षता, गरिमा र मर्यादामा प्रधानन्यायाधीसका गतिविधिले आँच पुगेका कारण राजीनामाका लागि आग्रह गर्ने तयारीमा न्यायाधीसहरु रहेका छन् ।

प्रधानन्यायाधीसकै कारण न्यायालयमा बेथिति बढेको उनीहरुको निस्कर्ष रहेको छ । प्रधानन्यायाधीस राणाले सत्ता गठबन्धनसँग भागवण्डा खोजेको भन्दै आलोचना बढेको छ । नेपाल बार, सर्वोच्च बार, पूर्वप्रधानन्यायाधीसहरु, पूर्वन्यायाधीस फोरम लगायतले प्रधानन्यायाधीसको आलोचना गर्दै मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ३७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको