२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानन्यायाधीसले तोके आफुहितको ११ इजलास, इजलास बस्ने सम्भावना निकै कम



काठमाडौं । सहकर्मी न्यायाधीसहरु लगायतले राजीनामाको माग गरिरहेको अवस्थामा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजका लागि ११ वटा इजलास तोकेका छन् ।

प्रधानन्यायाधीस राणाले आफुसहितको इजालास तोकेपनि न्यायाधीसहरुले दुई दिन यता निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् । आज पनि न्यायाधीसहरु अलग्गै छलफलमा बस्न लागेका छन् ।

कार्यपालिकासँग बार्गेनिङ गर्दै आफु अनुकुलका व्यक्तिहरुलाई नियुक्ति दिलाएको, न्यायालय सुधारमा पहल नगरेको, न्यायापालिकाको मर्यादामा आँच पुर्याउने काम गरेको लगायतका आरोप लगाउँदै न्यायसम्वद्ध संघसंस्थाहरुले राणाको राजीनामा मागिरहेका छन् ।

सहकर्मी न्यायाधीसहरुले नै राणालाई राजीनामाको विकल्प नभएको दबाब दिइरहेका छन् । यद्यपी राणाले भने राजीनामाको मागलाई अस्वीकार गर्दै विवादमा तानिकाएका सबै न्यायाधीसले राजीनामा दिए मात्र आफुले पनि राजीनामाबारे सोच्ने जवाफ फर्काएका छन् । राणाले आफु संवैधानिक प्रक्रियाबाट नियुक्त भएका कारण कसैले राजीनामा माग्दैमा नदिने बतएका छन् ।

प्रधानन्यायाधीस विवादकै कारण सर्वोच्चमा दुईदिनदेखि कुनै सुनुवाइ हुन सकेको छैन ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीस राणाले राजीनामा नदिए देशभरका अदालतमा बहस बहिस्कार गर्ने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीसहरु, पूर्व न्यायाधीस फोरम लगायतले पनि राणाले निकास दिनुपर्ने बताइसकेका छन् ।

 

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : २० बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार