४ पुस २०८२, शुक्रबार | December 19, 2025

न्यायालयका सम्बन्धमा गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड



जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बहुचर्चित प्रधानन्यायाधीस प्रकरणमा गठबन्धनबाट छिट्टै साझा धारणा आउने बताएका छन् ।

शनिबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको बैठकमा अहिलेसम्म न्यायालयमा देखिएको समस्याको विषयमा छलफल नभएको बताए । उनले नेताहरु कार्यव्यस्तताले गर्दा काठमाडौँ बाहिरै रहेको उल्लेख गर्दै काठमाडौँमा नेताहरु उपलब्ध भएपछि केही दिनभित्रै छलफल गरेर गठबन्धनको साझा धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

न्यायालेयलाई हेर्ने दृष्टिकोणका सम्बन्धमा गठबन्धनमा कुनै विवाद नभएको दाबी गर्दै गठबन्धन स्मुथ्ली चलेको बताए । कुनै विवाद आएको “दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर, गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’ प्रचण्डले भने ।

पत्रकारहरुको न्यायालय सम्बन्धमा प्रचण्डको व्यक्तिगत धारणाका सम्बन्धमा उनले यो विषयमा व्यक्तिगत भन्दा पनि गठबन्धनकै धारणा आउने बताए ।

अध्यक्ष प्रचण्डले अध्यादेशबाट भएपनि महत्वपूर्ण नागरिकता लगायत महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने जनाउ दिँदै प्रतिपक्षी दलले संविधानको मर्म भावनाविपरीत अनावश्यक रुपमा संसद् अवरुद्ध गरेकोले गठबन्धनलाई अर्को बाटो अपनाउन बाध्य पारिएको स्पष्ट पारे ।

सर्लाहीको एक कार्यक्रममा जाने क्रममा प्रचण्डले जनकपुरधाममा पत्रकारहरुसँग केही बेर कुराकानी गरेका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  २ : १७ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा