११ श्रावण २०८३, सोमबार | July 27, 2026

नयाँगाउँको आगलागी ४ घण्टा पछि नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै



बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगलागि झण्डै ४ घण्टापछि पूर्ण नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको गाडीबाट स्थानीय २ घरमा आगो सल्केर आगलागी भएको थियो ।

आगलागी नियन्त्रण गर्न तीनवटा दमकल सहित प्रहरी परिचालन भएको र स्थानीयबासीको समेत सहयोगमा पूर्ण नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

आगलागिबाट स्थानीय गोपाल पाण्डे र मिना मरासीनी सहित थप १ जनाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको डीएसपी केसीले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण भने संकलनकै क्रममा रहेकाले आइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : १७ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत