५ श्रावण २०८३, मंगलबार | July 22, 2026

मनाङमा स्याउ टिप्न चटारो



लमजुङ । मनाङमा स्याउ टिप्ने चटारो छ । ङिस्याङ(१ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०र४० जना कामदार स्याउ टिप्न खटिएका छन् ।

‘हाइ डेन्सिटी’ प्रविधिको उक्त फार्मको ७ सय ३५ रोपनीमा स्याउ फलेको छ । बगैँचामा ‘गाला’, फुजी र गोल्डेन जातका स्याउ पाकेसँगै कृषकको चटारो बढेको हो ।

कामदार बगैँचाका स्याउ टिप्न व्यस्त छन् । एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा स्याउ पाकेसँगै टिप्न थालिएको छ । फार्ममा अघिल्लो वर्ष ४ सय ५० टन स्याउ फलेको थियो । यस वर्ष बढ्ने अनुमान गरिएको छ ।

मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन् ।

दुई दशकयता स्याउ खेती गर्दै आएका उनले सडकको पहुँच विस्तारसँगै पछिल्ला वर्ष स्याउ कृषकको संख्या बढ्न थालेको बताए । मनाङबाट निर्वाचित संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले मनाङबाट नेपालमा स्याउखेतीमा एउटा क्रान्तिको सुरु भएको बताए । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १० : ११ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं