२१ चैत्र २०८२, शनिबार | April 4, 2026

विश्व मधुमेह दिवस : घरघरमा पस्दै मधुमेह



बुटवल । नसर्ने समुहमा पर्ने मधुमेह दिर्घरोग हो जुन हरेक नेपालीको घरघरमा भेटिने साझा रोग बन्दै गएको छ । बिरामीलाई भित्री रुपमा गलाउने डरलाग्दो यो रोगबाट मृत्यु हुनेको संख्या विश्वमा मात्र होईन नेपालमा पनि बढ्दो छ ।

सामान्यतया बढी उर्जा भएका खाना छनौट र आसिन जीवनशैली जस्ता अस्वथ्य ब्यवहारका कारण मधुमेहका बिरामीहरुमा जोखिम बढ्ने गरेको चिकित्सकहरु बताउछन । मधुमेह हुन नदिन नागरिकमा सचेतना महत्वपूर्ण हो भने लागि हालेपछि उपचारसंगै रोकथाम नै सबैभन्दा उपयुक्त र अचुक उपाय हो । विभिन्न संघसंस्थाहरु सचेतना जगाउन साथै उपचार विधिबारे ज्ञान दिनेबाट कार्यक्रमहरु गरिदै आएका छन । आईतबार मधुमेह दिवसको अवसर पारेर रुपन्देहीमा पनि विविध कार्यक्रमहरु गरिएको छ । बुटवलमा निशुल्क मधुमेह परिक्षण, परामर्शका साथै सचेतनामुलक साईकल रयाली गरिएको छ ।

मधुमेहका दुई प्रकार छन । टाईप वान र टाईप टु । त्यसबाहेक, गर्भावस्थामा देखापर्ने जेस्टेशनल मधुमेह, वंशानुगत रुपमा देखिने मधुमेह, औषधिबाट हुने मधुमेह आदि पनि हुन्छन् । हाम्रो देश नेपालमा सवैभन्दा धेरै हुने भनेको टाइप टु मधुमेह हो । खानेकुराहरु पचेपछि चीन वा सुगर (ग्लुकोज) को रुपमा परिणत हुन्छ । त्यो चिनी रगतको माध्यमबाट शरीरका विभिन्न भागका कोषकोषहरुमा पुग्ने गर्छ ।

कोषमा पुगेका तिनै चिनीहरु ऊर्जामा परिणत भएर हाम्रो शारीरिक प्रक्रियालाई सञ्चालन गरिरहेको हुन्छ । यसरी कोषसम्म पुगेका चिनीलाई कोषभित्र पसेर उर्जामा परिणत गर्नको लागि इन्सुलिन नाम गरेको हर्मोनले मुख्य भूमिका खेलेको हुन्छ । इन्सुलिन हर्मोनको उत्पादन प्याक्रियाज नाम गरेको अंगमा हुने गर्छ । यो अंग हाम्रो पेटको पछाडि तल्लो भागमा अवस्थित हुन्छ । प्याक्रियाजले उत्पादन गरेको इन्सुलिन रगतमा मिसिन्छ । रगतमा भएको इन्सुलिनले नै माथि उल्लेख गरेझै कोषहरुमा चिनीलाई ऊर्जामा परिणत गर्न भूमिका खेलेको हुन्छ । यही कारण हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहेको हुन्छ ।

रगतमा चिनीको मात्रा कति छ, त्यस आधारमा प्यान्क्रियाजले इन्सुलिन उत्पादन गरिरहेको हुन्छ । रगतमा चिनीको मात्रा कम हुँदा इन्सुलिनको उत्पादन कम हुने गर्छ भने चिनीको मात्रा बढ्दा त्यसको उत्पादन पनि बढ्ने गर्छ । जब प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन वा कम उत्पादन गर्न थाल्छ, त्यो अवस्थामा हाम्रा शरीरका कोषहरुले रगतमार्फत् प्राप्त चिनीलाई ग्रहण गरेर ऊर्जामा परिणत गर्न सक्दैन । यसले गर्दा रगतमा चिनीको मात्रा बढ्न थाल्छ ।

एकातिर इन्सुलिनको अभावका कारण कोषहरुले रगतमा भएको चिनीलाई उर्जामा परिणत गर्न सक्दैन भने अर्कोतिर रगतमा चिनीको मात्रा बढेर जान्छ । यो अवस्था भनेको रोगको अवस्था हो । सामान्यतः यो अवस्थालाई टाइप वान मधुमेह भन्ने गरिन्छ । यसलाई जुभेनाइल डाइबिटिज वा इन्सुलिन डिपेन्डेन्ट डाइबिटिज पनि भनिन्छ । बालरोग विशेषज्ञ डा सन्तोष पोखरेलसन २०१५ देखि यस्ता बिरामीहरुको परिक्षण र उपचार निशुल्क गर्दै आएका छन । लाईफ फर चाईल्डमार्फत ईन्सुलिन उपलब्ध भएको उनले बताए । लुम्बिनी प्रदेशका कपिलबस्तु, नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाची लगायतका जिल्लाबाट गरि ७२ जना विरामीहरुले नियमित उपचार गराईरहेका छन ।

विश्वमा शक्तिशाली राष्ट्र बन्ने होडमा रहेको चाईना नसर्ने रोग मधुमेह रोगीहरुको संख्याका हिसाबले पहिलो नम्बरमा आउछ । यसैगरि भारत दोस्रो नम्बरमा भने तेस्रो नम्बरमा अमेरिका र चौथो नम्बरमा पाकिस्तान पर्दछ । धेरै मुधमेहका रोगी हुने राष्ट्रमा नेपाल ६२ औ स्थानमा पर्दछ । पछिल्लो दशकमा एशिया आर्थिक विकासको तिब्रता, शहरीकरण र पोषण स्थितिमा संक्रमण भैरहेको छ ।

विश्वभरका मधुमेहका जनसंख्याको करीब ६० प्रतिशत एशियामा छन । नेपालमा महिलाको तुलनामा पुरुष मधुमेह रोगीको संख्या बढी रहेको अध्ययनले देखाएको छ । नेपाल मधुमेह सोसाईटीले गरेको अध्ययनले २० वर्षभन्दा माथि उमेर समुहका १५ प्रतिशत र ४० वर्ष भन्दा माथि उमेर समुहका १९ प्रतिशत बिरामीहरु शहरी क्षेत्रमा देखिएको छ ।

यसैगरि विश्व स्वस्थ्य संगठनले गरेको अध्ययन अनुसार नेपालमा ४ लाख ३६ हजार मानिसहरु प्रभावित छन । सन २००२ देखि २००९ मा मधुमेह रोगीहरुको वृद्धिदर १९.०४ बाट बढेर २५.९ पुगेको थियो भने यो दर बढ्दो छ । जसकारण मधुमेह रोगीको संख्या सन २०३० मा १३ लाख २८ हजार पुग्ने अनुमान गरिएको छ । नेपाल सरकारले धेरै कार्यक्रमहरु र विभिन्न योजनाहरु ल्याएर मधुमेह नियन्त्रणको प्रयास गरेको छ । यसमा नीजि क्षेत्रबाट समेत सहकार्य भैरहेको पाउछौ ।

मधुमेहको लक्षण

मधुमेह अक्सर चिकित्सकहरुद्वारा उल्लेख मधुमेह मेलिटसलाई मान्दछन । जसमा ब्यक्तिको रगतमा ग्लुकोजको मात्रा बढी हुन्छ । यसैगरि शरीरमा इन्सुलिनको उत्पादन अपर्याप्त हुने वा शरीरका कोशिकाहरुले इन्सुलिनलाई ठिकसंग प्रतिक्रिया नदिने अवस्थालाई जनाउछ ।

उच्च रक्त सुगरका बिरामीहरु धेरै किसिमका लक्षणहरु अनुभव गर्दछन । जसमा बारम्बर पिसाब लाग्ने, तिर्खा लाग्ने र भोक, बजन बढ्ने, असामान्य बजन घटाउने, थकान, काट्ने र निको नहुने चोटहरु, पुरुष यौन दुर्बलता, सुन्नता र हात र खुटामा झनझन हुने गर्दछ ।

मधुमेहलाई मेटाबोलिज्म विकारको रुपमा चिनिन्छ । मेटाबोलिज्मले हाम्रो शरीरले प्रयोग गर्ने उर्जा र वृद्धिका लागि पचाईको खानालाई बुझाउछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : २८ बजे

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको