१७ बैशाख २०८१, सोमबार | April 30, 2024

विश्व मधुमेह दिवस : घरघरमा पस्दै मधुमेह



बुटवल । नसर्ने समुहमा पर्ने मधुमेह दिर्घरोग हो जुन हरेक नेपालीको घरघरमा भेटिने साझा रोग बन्दै गएको छ । बिरामीलाई भित्री रुपमा गलाउने डरलाग्दो यो रोगबाट मृत्यु हुनेको संख्या विश्वमा मात्र होईन नेपालमा पनि बढ्दो छ ।

सामान्यतया बढी उर्जा भएका खाना छनौट र आसिन जीवनशैली जस्ता अस्वथ्य ब्यवहारका कारण मधुमेहका बिरामीहरुमा जोखिम बढ्ने गरेको चिकित्सकहरु बताउछन । मधुमेह हुन नदिन नागरिकमा सचेतना महत्वपूर्ण हो भने लागि हालेपछि उपचारसंगै रोकथाम नै सबैभन्दा उपयुक्त र अचुक उपाय हो । विभिन्न संघसंस्थाहरु सचेतना जगाउन साथै उपचार विधिबारे ज्ञान दिनेबाट कार्यक्रमहरु गरिदै आएका छन । आईतबार मधुमेह दिवसको अवसर पारेर रुपन्देहीमा पनि विविध कार्यक्रमहरु गरिएको छ । बुटवलमा निशुल्क मधुमेह परिक्षण, परामर्शका साथै सचेतनामुलक साईकल रयाली गरिएको छ ।

मधुमेहका दुई प्रकार छन । टाईप वान र टाईप टु । त्यसबाहेक, गर्भावस्थामा देखापर्ने जेस्टेशनल मधुमेह, वंशानुगत रुपमा देखिने मधुमेह, औषधिबाट हुने मधुमेह आदि पनि हुन्छन् । हाम्रो देश नेपालमा सवैभन्दा धेरै हुने भनेको टाइप टु मधुमेह हो । खानेकुराहरु पचेपछि चीन वा सुगर (ग्लुकोज) को रुपमा परिणत हुन्छ । त्यो चिनी रगतको माध्यमबाट शरीरका विभिन्न भागका कोषकोषहरुमा पुग्ने गर्छ ।

कोषमा पुगेका तिनै चिनीहरु ऊर्जामा परिणत भएर हाम्रो शारीरिक प्रक्रियालाई सञ्चालन गरिरहेको हुन्छ । यसरी कोषसम्म पुगेका चिनीलाई कोषभित्र पसेर उर्जामा परिणत गर्नको लागि इन्सुलिन नाम गरेको हर्मोनले मुख्य भूमिका खेलेको हुन्छ । इन्सुलिन हर्मोनको उत्पादन प्याक्रियाज नाम गरेको अंगमा हुने गर्छ । यो अंग हाम्रो पेटको पछाडि तल्लो भागमा अवस्थित हुन्छ । प्याक्रियाजले उत्पादन गरेको इन्सुलिन रगतमा मिसिन्छ । रगतमा भएको इन्सुलिनले नै माथि उल्लेख गरेझै कोषहरुमा चिनीलाई ऊर्जामा परिणत गर्न भूमिका खेलेको हुन्छ । यही कारण हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहेको हुन्छ ।

रगतमा चिनीको मात्रा कति छ, त्यस आधारमा प्यान्क्रियाजले इन्सुलिन उत्पादन गरिरहेको हुन्छ । रगतमा चिनीको मात्रा कम हुँदा इन्सुलिनको उत्पादन कम हुने गर्छ भने चिनीको मात्रा बढ्दा त्यसको उत्पादन पनि बढ्ने गर्छ । जब प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन वा कम उत्पादन गर्न थाल्छ, त्यो अवस्थामा हाम्रा शरीरका कोषहरुले रगतमार्फत् प्राप्त चिनीलाई ग्रहण गरेर ऊर्जामा परिणत गर्न सक्दैन । यसले गर्दा रगतमा चिनीको मात्रा बढ्न थाल्छ ।

एकातिर इन्सुलिनको अभावका कारण कोषहरुले रगतमा भएको चिनीलाई उर्जामा परिणत गर्न सक्दैन भने अर्कोतिर रगतमा चिनीको मात्रा बढेर जान्छ । यो अवस्था भनेको रोगको अवस्था हो । सामान्यतः यो अवस्थालाई टाइप वान मधुमेह भन्ने गरिन्छ । यसलाई जुभेनाइल डाइबिटिज वा इन्सुलिन डिपेन्डेन्ट डाइबिटिज पनि भनिन्छ । बालरोग विशेषज्ञ डा सन्तोष पोखरेलसन २०१५ देखि यस्ता बिरामीहरुको परिक्षण र उपचार निशुल्क गर्दै आएका छन । लाईफ फर चाईल्डमार्फत ईन्सुलिन उपलब्ध भएको उनले बताए । लुम्बिनी प्रदेशका कपिलबस्तु, नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाची लगायतका जिल्लाबाट गरि ७२ जना विरामीहरुले नियमित उपचार गराईरहेका छन ।

विश्वमा शक्तिशाली राष्ट्र बन्ने होडमा रहेको चाईना नसर्ने रोग मधुमेह रोगीहरुको संख्याका हिसाबले पहिलो नम्बरमा आउछ । यसैगरि भारत दोस्रो नम्बरमा भने तेस्रो नम्बरमा अमेरिका र चौथो नम्बरमा पाकिस्तान पर्दछ । धेरै मुधमेहका रोगी हुने राष्ट्रमा नेपाल ६२ औ स्थानमा पर्दछ । पछिल्लो दशकमा एशिया आर्थिक विकासको तिब्रता, शहरीकरण र पोषण स्थितिमा संक्रमण भैरहेको छ ।

विश्वभरका मधुमेहका जनसंख्याको करीब ६० प्रतिशत एशियामा छन । नेपालमा महिलाको तुलनामा पुरुष मधुमेह रोगीको संख्या बढी रहेको अध्ययनले देखाएको छ । नेपाल मधुमेह सोसाईटीले गरेको अध्ययनले २० वर्षभन्दा माथि उमेर समुहका १५ प्रतिशत र ४० वर्ष भन्दा माथि उमेर समुहका १९ प्रतिशत बिरामीहरु शहरी क्षेत्रमा देखिएको छ ।

यसैगरि विश्व स्वस्थ्य संगठनले गरेको अध्ययन अनुसार नेपालमा ४ लाख ३६ हजार मानिसहरु प्रभावित छन । सन २००२ देखि २००९ मा मधुमेह रोगीहरुको वृद्धिदर १९.०४ बाट बढेर २५.९ पुगेको थियो भने यो दर बढ्दो छ । जसकारण मधुमेह रोगीको संख्या सन २०३० मा १३ लाख २८ हजार पुग्ने अनुमान गरिएको छ । नेपाल सरकारले धेरै कार्यक्रमहरु र विभिन्न योजनाहरु ल्याएर मधुमेह नियन्त्रणको प्रयास गरेको छ । यसमा नीजि क्षेत्रबाट समेत सहकार्य भैरहेको पाउछौ ।

मधुमेहको लक्षण

मधुमेह अक्सर चिकित्सकहरुद्वारा उल्लेख मधुमेह मेलिटसलाई मान्दछन । जसमा ब्यक्तिको रगतमा ग्लुकोजको मात्रा बढी हुन्छ । यसैगरि शरीरमा इन्सुलिनको उत्पादन अपर्याप्त हुने वा शरीरका कोशिकाहरुले इन्सुलिनलाई ठिकसंग प्रतिक्रिया नदिने अवस्थालाई जनाउछ ।

उच्च रक्त सुगरका बिरामीहरु धेरै किसिमका लक्षणहरु अनुभव गर्दछन । जसमा बारम्बर पिसाब लाग्ने, तिर्खा लाग्ने र भोक, बजन बढ्ने, असामान्य बजन घटाउने, थकान, काट्ने र निको नहुने चोटहरु, पुरुष यौन दुर्बलता, सुन्नता र हात र खुटामा झनझन हुने गर्दछ ।

मधुमेहलाई मेटाबोलिज्म विकारको रुपमा चिनिन्छ । मेटाबोलिज्मले हाम्रो शरीरले प्रयोग गर्ने उर्जा र वृद्धिका लागि पचाईको खानालाई बुझाउछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : २८ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल