२२ असार २०८३, सोमबार | July 6, 2026

प्रधानन्यायाधीसको वक्तव्य न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुस्प्रयास : पूर्वन्यायाधीस फोरम



काठमाडौं । पूर्वन्याधीसहरुले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेका छन्।

नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीसहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं ।’

पूर्वन्यायाधीसहरुले वार्ता आह्वान गर्दै जबराले जारी गरेको विज्ञप्तिलाई न्यायमा बिचलन र भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास भनेका छन् ।

‘आज प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरिएको विज्ञप्ति न्यायका बिचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास मात्र हो यो न्यायालयको हितमा देखिदैन,’ पूर्वन्यायाधीश फोरमका अध्यक्षसमेत रहेका सर्वोच्चका पूर्वन्यायाधीश टोप बहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फोरमले जबराविरुद्ध बार र न्यायाधीशले जारी राखेको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै फोरमका अध्यक्ष सिंहले न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामाले मात्र नपुग्ने भन्दै प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रावधान नै सच्याउन माग गरे ।

उनले जबरा अयोग्य भइसकेको भन्दै राजीनामा नदिए तत्काल दलहरुले महाअभियोग लगाउनुपर्ने बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ३० बजे

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा