७ भदौ २०८३, आइतबार | August 24, 2026

७७ जिल्लामै पुग्यो युवा स्वरोजगार कार्यक्रम, मनाङ र मुस्ताङमा समेत कार्यक्रम विस्तार



काठमाडौं । युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो । कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका मन्त्री अथकले देशभरका युवालाई स्वरोजगार बनाउने उद्धेश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिएका थिए ।

नेपाल सरकारबाट बि.सं. २०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ४८ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना