२२ बैशाख २०८१, शनिबार | May 4, 2024

७७ जिल्लामै पुग्यो युवा स्वरोजगार कार्यक्रम, मनाङ र मुस्ताङमा समेत कार्यक्रम विस्तार



काठमाडौं । युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो । कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका मन्त्री अथकले देशभरका युवालाई स्वरोजगार बनाउने उद्धेश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिएका थिए ।

नेपाल सरकारबाट बि.सं. २०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ४८ बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको