६ श्रावण २०८३, बुधबार | July 23, 2026

रोल्पा बस दुर्घटनामा परी मृतकहरुप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा शोक व्यक्त



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले रोल्पाको तार्केबाङमा भएको वस दुर्घटनामा परी जीवन गुमाउने मृत्यकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मुख्यमन्त्री केसीले शुक्रबार एक शोक वक्तव्य प्रकाशित गर्दै गर्दै घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

वक्तव्यमा रोल्पामा भएको घटनाले प्रदेश सरकारलाई निकै दुखित र मर्माहत बनाएको जनाउँदै मृतकहरुप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । ‘स्वर्गिय मृतआत्माको चीरशान्तिको कामनासहित दुःखको यस घडीमा सम्पूर्ण मृतकका शोकाकुल परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्दछु ।’ वक्तव्यमा लेखिएको छ,-‘साथै सोही दुर्घटनामा परी गम्भीर घाईते हुनुभएका सम्पूर्ण घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

विहिबार साँझ करिव ५ः३० बजे माडी गाउँपालिका वडा नं. ४ तार्केबाङमा दाङ घोराहीबाट पूर्वी रुकुम जादै गरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस सवारी दुर्घटनामा परी चालक परिवर्तन गाउँपालिका वडा नं. ५ राङ्कोट निवासी ४० वर्षीय वीरमान पुनमगर, परिवर्तन गाउँपालिका वडा नं. ६ भनभने निवासी ५० वर्षिय कुमार पुनमगर, परिवर्तन गाउँपालिका १ कुरेली निवासी २९ बर्षीय दिपक रोका र त्रिवेणी गाउँपालिका वडा नं. ४ सिमपानी निवासी १८ वर्षिय पुष्पा घर्तीमगरको मृत्यु भएको थियो ।

मुख्यमन्त्री केसीले रौलपा क्षेत्रमा निरन्तर घटना घट्नुको कारण खोजेर न्यूनिरणका लागि प्रयास गर्नका लागि सबैलाई अपिल गर्दै घाइतेहरुलाई तत्कालै उपचार गर्ने स्वास्थ्यकर्मी, उद्धार कार्यमा सहयोग गर्ने सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधी लगायत सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ४४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क