९ भदौ २०८३, मंगलबार | August 25, 2026

राजनीतिक परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड हो : जनार्दन शर्मा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताए ।

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले त्यसो गर्दामात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने जिकिर गरे ।

नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए । उनले भने, ‘समावेशी लोकतन्त्रसम्म ल्याई पु¥याउनका लागि के–के सत्य हुन ? यो विचार कसले पैदा ग-यो, यो अभियान कसेले थालनी ग¥यो ? यो आँट कसले ग-यो ? भन्ने कुरा स्वतः स्पष्ट छ । त्यो कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक छ । नेकपा –माओवादी)ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो । यो कुनै वनावटी कुरा होईन । कसैको प्रशंसाको कुरा होईन । यो माओवादीका मात्रै कुरा होईन, परिवर्तनको कुरा हो । यो तथ्यलाई स्थापित गर्नुस् ।’

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : ०१ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी