२२ असार २०८३, सोमबार | July 6, 2026

माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताएका प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ ।’

एमाले प्रतिक्रान्तिकारी भएको प्रचण्डले बताए ।

चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरे । त्यसका लागि पाँच दलीय गठबन्धन सडकमा उत्रिएको उनले बताए ।

‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पर्‍याउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’ अहिले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको उनको दाबी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ०१ बजे

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका

अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो विवाह

मुम्बई । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६