१ कार्तिक २०८३, आइतबार | October 18, 2026

पदबहाली गर्दै ओलीले भने – पाँचदलीय गठबन्धनले अदालतको हुर्मत लियो



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका हुन् ।

अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाए । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए ।

‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उनले, न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ ।’

यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताए । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले मुल्यांकन गरेर फैसला गर्ने बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ३१ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको