१ कार्तिक २०८३, आइतबार | October 18, 2026

समानता र विभेदमुक्त समाजको लागि अर्को आन्दोलन : उपेन्द्र यादव



जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पटक–पटकको आन्दोलनले पनि सात्ता र शक्तिमा परिवर्तन नआएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछडावर्ग महासंघ पार्टी एकीकरण तथा भातृ संगठन घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले पटक–पटक आन्दोलनले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रमा व्यवस्थामा प्रवेश गरे पनि मधेसी,जनजाति, पिछडावर्ग समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा कुनै सुधार नदेखिएको बताए । अहिले पनि नेपालको प्रशासनिक क्षेत्रदेखि लिएर सेना, न्यायपालिकामा अझै एक्कै समुदायको वर्चस्व रहेकोले अव हुने आन्दोलनले सबै वर्ग, जातजाति, तथा पछाडि परेका समुदायको उत्थानको साथै समावेशी र समानताको लागि हुने बताए ।

नेपालमा अहिले ७२ जना सचिव रहेकोमा १२ प्रतिशत जनसंख्या रहेको समुदायको उपस्थित ६६ जना, जुन समुदायको जनसंख्या १६ प्रतिशत त्यो समुदायको तीन जना, जनजातिको करिब २९ प्रतिशतमा दुई जना, मधेसी एक जना मात्रै रहेको छ । त्यसैगरि ७७ जना सिडिओ मध्ये १२ प्रतिशत जनसंख्या भएको समुदायबाट ६१ जना, २९ प्रतिशत जनसंख्या रहेको समुदायबाट १० जना र देशको अधा जनसंख्या रहेको मधेसी समुदायबाट एक जना मात्रै रहेका उनले बताए ।

यस हिसाबले नेपालको व्यूरोक्रेसीमा मधेसीको जनताको सहभागिता मुस्किलले ४/५ प्रतिशत मात्रै रहेको उनले बताए । सत्ता र शक्तिमा पहाडका उच्च जातिको राणाकालदेखि पञ्चायत हुँदै अहिलेसम्म मात्र पकड रहेको उनले बताए ।

मधेस जनविद्रोहले महिला, दलित, जनजाति, मधेसीको राजनीतिकमा सहभागिता बढे पनि नेपालको शासन प्रशासनमा अझै जनसंख्याको अनुपातमा पकड हुन सकेको उनले बताए । गणतन्त्र नेपालमा पनि अहिले नेपाली भाषालाई मात्रै नेपाली भाषाको राज्यको कामको भाषा बनाउनु नै विभेद रहेको अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ४४ बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल