४ पुस २०८२, शुक्रबार | December 19, 2025

आगामी निर्वाचन पछि एमालेलाई लाईट बालेर खोज्नु पर्ने हुन्छ : माधव नेपाल



अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन पछि नेकपा (एमाले)लाई लाइट बालेर खोज्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । शनिबार अर्घाखाँचीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत दुई–दुई पटक संसद् विघटन गरेका कारण नेपाली जनताको समर्थन एमालेलाई नरहेको बताए । बहुमत जनता ओलीको पार्टीको विपक्षमा रहेको नेपालको दाबी छ ।

अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म गठबन्धन जारी रहने बताउँदै संविधानको रक्षा गर्दै संसद् जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउँमा रहने जिकिर गरे ।

उनले राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेर कलम चिन्हको विजयी यात्रा सुरु भइसकेको बताए ।

उनले वर्तमान सरकारका सम्बन्धमा आफ्नो धारणा राख्दै सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको स्पष्ट पारे । भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको