२२ असार २०८३, सोमबार | July 6, 2026

मंसिर २८ गते बोलाइएको संसद अधिवेशन महाअभियोग र एमसीसीका लागि होइन : प्रचण्ड



चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मंसिर २८ गते बोलाईएको संसद अधिवेशन महाअभियोग र एमसीसीका सम्बन्धमा नबोलाईएको बताएका छन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले कसैले महाअभियोग र एमसीसी पारित गर्न संसद बैठक बोलाईएको अनुमान गरेपनि आगामी अधिवेशन हिँउदे अधिवेशनमात्र भएको बताए ।

अध्यक्ष प्रचण्डले मङ्सिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा राष्ट्रिय सहमति र दलहरूबिचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरूको सहमति र समझदारी नभई एमसीसीबारे पनि संसद्ले निर्णय लिने अवस्था नरहेको बताए ।

उनले एमसीसी र महाअभियोग जबर्जस्ती नभई राष्ट्रिय सहमति र राजनीतिक दलहरूको समझदारीबाटै अगाडि बढ्ने बताए ।

अध्यक्ष प्रचण्डले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरूलाई आग्रह गरे । प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरूले सत्तारुढ गठबन्धनलाई कमजोर पार्ने षडयन्त्र गरिरहेको प्रचण्डले बताए ।

आफूहरूले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको दोहोर्‍याउँदै त्यसमा पत्रकारहरुको सक्रिय साथ आवश्यक पर्ने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ४९ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ