१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

लिङ्देनको तारिफ गर्दै लोहनीले भने- पार्टीले पाको नेता पाएको छ



काठमाडौं । राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङ्देनसहित क्षमताशील र पाको नेता पार्टीले पाएको बताएका हुन् ।

अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने, ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’

आफूले वर्तमान नेतृत्वलाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’

राप्रपाको नयाँ नेतृत्व चयनसँगै अन्य पार्टीमा पनि नयाँ अनुहारको खोजी हुने उनको विश्वास छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ०१ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको