२२ असार २०८३, सोमबार | July 6, 2026

लिङ्देनको तारिफ गर्दै लोहनीले भने- पार्टीले पाको नेता पाएको छ



काठमाडौं । राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङ्देनसहित क्षमताशील र पाको नेता पार्टीले पाएको बताएका हुन् ।

अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने, ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’

आफूले वर्तमान नेतृत्वलाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’

राप्रपाको नयाँ नेतृत्व चयनसँगै अन्य पार्टीमा पनि नयाँ अनुहारको खोजी हुने उनको विश्वास छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ०१ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ