११ भदौ २०८३, बिहिबार | August 27, 2026

एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल



सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा बसेका १० भाइको हरिबिजोग भएको टिप्पणी गरेका छन् ।

सुनसरीको इटहरीमा प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमालेमा बस्न केपी ओलीसँग १० बुँदे सहमति गरेका दश भाइको हरिबिजोग भएको टिप्पणी गरेका हुन् ।

नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको बताए ।

पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठोकुवा गरे ।

मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले भने ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : २२ बजे

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट