२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या संख्या २ लाख ५२ हजार ३ सय ६४ पुग्यो



काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको  संख्या २ लाख ५२ हजार ३ सय ६४ पुगेको छ ।

मंगलवार विहान सम्म यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३ सय ६४ पुगेको हो । कोरोना संक्रमितको संख्या ३६ लाख ४४ हजार ७७८ पुगेको छ । हालसम्म कोरोना संक्रमितहरुमध्ये ११ लाख ९४ हजार ८ भन्दा बढी निको भएर घर फर्किएका छन् । २१ लाख ९७ हजार ६१२ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ९२१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १२ लाख १२ हजार ८३५ पुगेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।

कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।

फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा १ हजार ५६६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४३७ जनामा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ११ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले