३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

सिरहामा वेवारिसे अवस्थामा नवजात शिशु फेला



सिरहा । पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । ‘बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि’ प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।

शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।

शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ०० बजे

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका

आज बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवस

बुटवल । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस