२२ बैशाख २०८१, शनिबार | May 4, 2024

देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार सक्रिय : ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् ।

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन् । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने ।

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए ।

कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए ।

ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गरे।

ओलीले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गरे । तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उनले भने, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’

पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको ओलीको आरोप छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : १५ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न