२३ असार २०८३, मंगलबार | July 7, 2026

महरा र पुनको अडानले माओवादी लुम्बिनीमा नेतृत्व छान्न सकस, दुबैले च्यापे आ-आफ्ना मान्छे



बुटवल । नेकपा (माओवादी केन्द्र)का दुई नेताकाे स्वार्थ बाँझिदा सम्मेलन सकिएको चार दिनसम्म पनि लुम्बिनी प्रदेशमा नेतृत्व टुंगो लाग्न सकेकाे छैन ।

पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नाे मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेकाे हाे ।

महराले तुलसीराम पुन र वर्षमानले सुदर्शन बराललाई अध्यक्षमा अघि सारेका हुन् । तुलसीराम दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुन् । महराले गत निर्वाचनमा साेही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए । बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए ।

बराल गुल्मीका भए पनि उनको राजनीतिक सम्पर्क रोल्पाका वर्षमानसँग छ । माओवादीका तत्कालीन नेता रामबहादुर थापा ‘बादल’सँग निकट मानिने उनी पनि थापा एमालेमा गएपछि दाेधारमा परेका थिए । तर, वर्षमानकै जोडबलमा माओवादीमै रहे । लुम्बिनी प्रदेशमा यसअघि ओनसरि घर्ती अध्यक्ष हुँदा बरालकाे हालिमुहाली थियाे ।

उपाध्यक्ष, सचिवलगायतका पदमा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । प्रदेशको नेतृत्वमा सहमति नभए यसको टुंगो केन्द्रले लगाउने छ ।

माओवादीको लुम्बिनी प्रदेश कमिटी २५३ सदस्यीय हुनेछ । २१७ जनाको नाम टुंगो लागिसकेको र बाँकी ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

ती ११ जना भने मनोनीत गर्ने व्यवस्था छ । बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : २९ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै