२३ असार २०८३, मंगलबार | July 7, 2026

एमालेविरुद्धको गठबन्धनमा न्यायाधीश, निर्वाचन आयोग र सभामुखसम्म लागे : एमाले प्रमुख सचेतक भट्टराई



खोटाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले एमालेविरुद्धको गठबन्धनमा सर्वोच्चका न्यायाधीशदेखि निर्वाचन आयोग र सभामुखसम्म सामेल भएको आरोप लगाएका छन् । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजारमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले एमालेविरुद्ध लड्ने साहस अन्य दलमा नभएको दाबी गरेका हुन् ।

‘एमाले कमजोर छ भन्छन् एकातिर, अर्कातिर पाँच वटा पार्टी एक भएका छन् । त्यसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरु मिसिएका छन् । त्यो गठबन्धनमा निर्वाचन आयोग छ, त्यो गठबन्धनमा सभामुख पनि सामेल छन्,’ भट्टराईले भने, ‘विचराहरुलाई एमालेसँग एक्लाएक्लै लड्ने साहस छैन । उनीहरुलाई कांग्रेसकै बैसाखी चाहिन्छ ।’

एमाले बलियो भएकै कारण आफ्नो पार्टीले निष्कासन गरेको मान्छेहरुको हस्ताक्षर र सनाखत गरेर निर्वाचन आयोगले पार्टी फुटाएको भट्टराईले तर्क गरे । एमालेबाट निष्कासनमा परेका सांसदहरुको पद जोगाइदिएर सभामुखले पार्टी विभाजनमा मतियारको भूमिका खेलको उनको आरोप थियो ।

भट्टराईले सर्वोच्च अदालतको वाधाका कारण यो बेला मुलुकमा ताजा जनादेश सहितको सरकार आउन नपाएको बताए । ‘केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सदासदाका लागि थिएन । ६ महिनापछि ताजा जनादेश सहितको संसद ल्याउने गरी विघटन गर्नु भएको थियो,’ भट्टराईले भने, ‘त्यो संविधान विघटन होईन, व्यवस्था विघटन होईन, हामीले विघटन गरेको भनेको ६ महिनाभित्र अर्को चुनाव गर्नका लागि थियो । यसबेला ताजा जनादेश सहितको मुलुकमा सरकार आइसक्थ्यो । तर सर्वोच्च अदालतले चुनाव गर्न दिएन ।’

भट्टराईले गठबन्धन भत्काउने अस्त्रका रुपमा एमसिसीलाई पास नगर्ने बताए । ‘एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा छैन । हामीलाई सरकार चाहिएको छैन । एमाले सत्तारुढ हुन आशा गरेको छैन,’ उनले भने, ‘एमालेले गठबन्धन भत्काउनका लागि एमसिसी पास गर्छ भनेर भ्रम छरिएको छ । एमालेलाई सरकारमा जान हतार छैन ।’

भट्टराईले एमालेबाट बाहिरिएका माधव नेपालको समूहलाई पार्टीको ‘छेस्को निस्किएको’ भनेका छन् । उनले महाधिवेशनबाट कार्यकर्ताको विश्वासले पार्टीको नेतृत्व लिने हिम्मत माधव नेपाल, झलनाथ खनाल र प्रचण्डमा नभएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ४२ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको