२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित



बागलुङ । बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ ।

अमलाचौर निवासी ढकालले आफ्ना स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पु-याएका छन् । ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम सङ्कलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ ।

विद्यालयको ६२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा त्यस क्षेत्रका संघीय संसदका सांसद डा सूर्य पाठक, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं बानपा वडा नं १२ का अध्यक्ष गुरुदत्त पाठक, विद्यालयका प्रधानाध्यापक वुद्धि चापागाईंले विद्यालयको उन्नयनमा उल्लेखनीय योगदान गरेकामा वरिष्ठ उपाध्यक्ष ढकाललाई सो सम्मान प्रदान गरेका हुन् ।

सोही अवसरमा उक्त विद्यालयका संस्थापक ९५ वर्षीय मणिरत्न पौडेल र सञ्चालन समितिका पूर्वअध्यक्षहरु कोपिलामणि शर्मा, भविश्वर शर्मा, भोजराज शर्मा र भविदत्त पन्तलाई पनि सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पाठकले राज्यको लगानी अनुसारको शैक्षिक वातावरण सामुदायिक विद्यालयमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सो विद्यालयको विद्यार्थी हुन पाएकामा सदैव गौरव महसुस गर्ने गरेको बताए ।

विद्यालयका दाता तथा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले उक्त विद्यालयाको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तो सुकै सहयोग उपलब्ध गराउने बताउँदै समयानुकल प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिन विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई आग्रह गरे ।

वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकले आफ्ना घरदैलोमा रहेको सामुदायिक विद्यालय सुधार गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ भन्दै विद्यालयको भौतिक संरचना बलियो भएकाले अब शैक्षिक गुणस्तर सुधारको अभियान सुरु गर्ने बताए ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा बलेवाको पञ्चेवाजा, भजन र नृत्य कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा ३५० विद्यार्थी रहेका छन् ।-रासस

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ११ : १५ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३