१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अक्षयको ‘पृथ्वीराज’का कारण दुई समाजबीच आरोपप्रत्यारोप



काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको प्रदर्शनोन्मुख फिल्म ‘पृथ्वीराज’लाई लिएर गुर्जर र राजपूत समाजबीच आरोपप्रत्यारोप सुरु भएको छ ।

यो फिल्मविरुद्ध राजस्थानको अजमेरमा विरोध प्रदर्शन भइरहेको छ । फिल्ममा पृथ्वीराज चौहानलाई राजपुत समाजको भनी देखाइएको छ । जबकी गर्जुर समाजले पृथ्वीराजलाई आफ्नो समुदायको भनी दाबी गरिरहेको छ ।

यहीकारण गुर्जर समाज अजमेरको वैशालीस्थित भगवान देवनारायण मन्दिरमा बसेर प्रदर्शन गरिरहेका छन् । यता राजपूत समाजले पृथ्वीराज चौहान राजपूत रहेकाले यसलाई प्रमाणित गर्न आवश्यक नरहेको जनाएको छ । राजपूत नेता भंवर सिंहले वास्तविकतालाई बद्ल्न नसकिने भएकाले पृथ्वीराज चौहान राजपूत नै रहेको दाबी गरे ।

यो विवादका कारण गुर्जर समाजले अजमेर जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाउदै फिल्मको रिलिजमा रोक लगाउन माग गरेका छन् । ज्ञापन पत्रमा समाजका प्रतिनिधिले पहिला फिल्म हेरेपछि मात्र रिलिज गर्न दिन मिल्ने वा नमिल्ने भनी लेखिएको छ । गुर्जर समाजले राज्यका मुख्यमन्त्री अशोक गहलोतलाई पनि ज्ञापन पत्र पठाएका छन् ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक ड्रामा फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ । फिल्ममा अक्षय कुमारले पृथ्वीराजको मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा ‘मिस वर्ल्ड ’ मानुषी छिल्लरले पनि अभिनय गरेकी छन् । यो उनको डेब्यू फिल्म हो । उनले संयोगिताको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव विजको पनि अभिनय छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ५० बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको