६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या १०२ पुग्यो



काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका पछि कोरोना संक्रमितको संख्या १०२ पुगेको हो ।

यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताउनुभयो ।

नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन स् संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ४४ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय