२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

राष्ट्रियसभा चुनावमा पार्टीका लागि प्रतिकुल परिणाम आउनसक्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा हुन लागेको चुनावमा पार्टीका लागि प्रतिकुल परिणाम आउनसक्ने स्वीकार गरेका छन् ।

एमालेका ६१ जिल्ला अधिवेशनको आज संयुक्त रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावको परिणाम पार्टीका लागि प्रतिकूल हुन सक्ने आंकलन गरेका हुन् ।

ओलीले पुरानै मतदाता रहेको अवस्थामा राष्ट्रियसभाको परिणामले आजको जनमतको प्रतिनिधित्व नगर्ने दाबी गरे । राष्ट्रिय सभा चुनावमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन् ।

ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको पनि बताए । एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेकोमा आपत्ति जनाए । उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् ।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे ।

गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति कटु टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : २५ बजे

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

काठमाडौं ।सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको

कांग्रेस महाधिवेशनको मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको