३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालमा पछिल्लो २४ घण्टामा ९६८ कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका प्रयोगशालाहरुमा १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजैमात्र कुल थपिएका संक्रमित मध्य २४ जनालाई ओमिक्रोन भेरियण्टको संक्रमण भेटिएको थियो ।

२४ घण्टाकै अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएको समेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । १ करोड ४९ लाख २ हजार ६८७ जनाले एक मात्रा मात्र खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ५५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन