२ पुस २०८२, बुधबार | December 17, 2025

कोरोना संक्रमणको रफ्तार द्रुत गतिमा बढ्दै, २४ घण्टामा २,४४४ जना संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमण थपिएको हो । १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जनामा र ४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा संक्रमण पुष्ति भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ। मन्त्रालयका अनुसार यसै अवधिमा ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेकोछ । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका र ६५५ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । यी मध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा आजसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : ३६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व