११ कार्तिक २०८३, बुधबार | October 28, 2026

समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं



काठमाडौं । कोरोनाका नयाँ भेरियन्ट डेल्टा र ओमिक्रोनको संक्रमण बढेपछि केही दिनयता संक्रमितहरूले सचेत गराइरहेका छन् । संक्रमणको पहिलो र दोस्र्रो लहरमा लुकाउने बानी रहेकोमा यसपटक प्रष्ट्याउने प्रवृत्ति देखा परेको  छ।

जनस्वास्थ्यविज्ञ डा. शरद वन्त आफू संक्रमित भएको जानकारी खुला रूपमा सार्वजनिक गर्नु सकारात्मक भएको बताउँछन् । ‘कोरोनाको पहिलो र दोस्रो संक्रमण अवधिमा संक्रमितहरू परिचय लुकाउँथे,’ डा. वन्त भन्छन्, ‘अहिले खुला रूपमा सार्वजनिक गर्दा सकारात्मक सन्देश जान्छ। सावधानी र सजगता अपनाउन प्रेरित गर्छ ।’

समुदायमा संक्रमण

स्थानीय तहमा पनि डेल्टा र ओमिक्रोन संक्रमण पुष्टि भएकाले समुदाय तहमै संक्रमण फैलिसकेको जनस्वास्थ्य विज्ञहरूको दाबी छ ।

डेल्टासँगै ओमिक्रोन भेरियन्टका संक्रमणका कारण तेस्रो लहरको संकेतहरू देखिएका छन् । जनस्वास्थ्य विज्ञ डा. वन्त भन्छन्, ‘समुदाय तहमा संक्रमण भएको कुरालाई नकार्न मिल्दैन । केश हेर्दा सबै आयातीत मात्र छैनन् । पहिचान भएका संक्रमिहरू मिश्रण छ ।’ पुस महिनाभित्र संक्रमण प्रवृत्ति २३ दशमलव ६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन् । अहिले कुल संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ । हालसम्म २७ जना व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : ५७ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२