२ पुस २०८२, बुधबार | December 17, 2025

पछिल्लो २४ घन्टामा थपिए ३५५३ कोरोना संक्रमित, १ जनाकाे मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साेहि अवधिमा एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४९८ र एन्टिजेन विधिबाट ४५८३ जनामा परिक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ । यस्तै, आज थप २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१० छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ४ : ४३ बजे

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न