२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो



महोत्तरी । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो ।

‘केन्द्रीय माहाअधिवेशनमा सहभागी हुन नपाएपछि अधिवेशन नभए पनि हुन्छ भन्ने मनसायले केही नेताहरू अधिवेशन नै हुन नदिने षडयन्त्रमा लागेका छन्’, जिल्ला सचिव शम्भु पाठकले भने ।

आपसी विवादका कारण क्षेत्रको अधिवेशन स्थगित भएपछि केन्द्रीय महाअधिवेनमा भाग लिन नपाएका नेताहरूमा अहिले ठूलो असन्तुष्टि देखिएको छ ।

निर्वाचन पिपरामा गराउने कि जलेश्वरमा गराउने विवादलाई लिएर सहमति जुटन नसक्दा छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

विमलेन्द्र निधि पक्षले निर्वाचन पिपरामा नै गराउनुपर्ने र रामचन्द्र पौडेल पक्षको सुरक्षित वातावरणको लागि भए पनि सदरमुकाम जलेश्वरमा नै निर्वाचन गराउनुपर्ने अडान छ ।

जिल्ला अधिवेशन गराउनुभन्दा पहिला विवादित क्षेत्रीय र वडा अधिबेशन गराउनुपर्ने भन्दै जिल्लाका पूर्व महासचिवसमेत रहेका बजरङ्ग नेपालीले भोकहडताल सुरु गरेका थिए ।

नेता नेपालीको भोकहडताललाइ मध्यनजर गर्दै नेपाली कांग्रेसले ३ माघभित्र अधिवेशन गराउन निर्देशन दिए पनि नेताहरूको विवादले पुनः समस्या सिर्जना बनिरहेको कांग्रेस जनाएको छ ।

केन्द्रवाट नै निर्वाचनस्थल समेत निर्धारण गरे विवाद सुल्झाएमात्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न सकिने नेताहरूको आंकलन छ । तर, केन्द्रवाट अधिवेशनको लागि मिति निर्धारण भए पनि विवादित निर्वाचनस्थलको विषयमा कुनै निर्णय हुन सकेको छैन ।

विवाद सुल्झाउन पटक–पटक नेताहरू छलफलमा बसे पनि दुई पक्षबीचको अडानले अधिवेशन बिथोलिँदै आएको छ ।

सुरुदेखि नै निधि निकटका नेताहरू मनोज झा, रामु यादव र रागबेन्द्र झाले सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । मनोज झा र रामु यादव विमलेन्द्र निकट मानिन्छन् भने रागवेन्द्र झा रामचन्द्र पौडेल निकट मानिन्छन ।

क्षेत्रीय अधिवेशन हुन नदिन पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारी लगायतका नेताहरू लागि परेको संस्थापनइतरका निधि पक्षको आरोप छ । पिपरा गाउँपालिकामा नै अधिवेशन गराउनुपर्ने पौडेल पक्षको अडान रहे पनि छलफलकै क्रममा दुई पक्षबीच झडप हुँदा अर्को पक्षले निर्वाचन जलेश्वरमा नै हुनुपर्ने माग राखेका छन् ।

‘हामीभित्र अब एउटै विवाद बाँकी छ कि निर्वाचन स्थल सुरक्षित वातावरणमा होस्’, सचिव पाठकले भने ।

विवाद कै कारण कांग्रेस महोत्तरीमा क्षेत्र नम्बर ३ र मनरासिस्वा नगरपालिकाको एउटा वडाको अधिवेशन बाँकी छ भने कसैले पनि महाअधिवेशनमा भाग लिन पाएका थिएनन् ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : ०१ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै