१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य : राजदूत क्वात्रा



काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताएका छन् ।

राजदूत क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्धिपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताएका हुन् । “सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ”, उनले भनेका छन् ।

क्वत्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच ग्लास्गोमा सम्पन्न कोप–२६ सम्मेलनका क्रममा भएको साइडलाइन वार्ता, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काबीच न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको महासभामा भएको साइडलाइन बैठकले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको प्रसङ्ग पनि सो सन्देशमा उल्लेख गरेका छन् ।

राजदूत क्वात्राले जयनगर–कुर्था–विजुलापुर र जोगबनी–विराटनगरलाई जोड्ने अन्तरदेशीय रेलमार्ग, भूकम्पले भत्काएका नुवाकोट र गोरखामा भारत सरकारको पुनःनिर्माणमा सहयोग एवं नेपालको अनुरोधमा युरिया र डिएपी मल आपूर्तिलाई प्राथमिकता दिएको प्रसङ्ग पनि राजदूत क्वात्राले सो सन्देशमा उल्लेख गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमणका क्रममा खोप, आइसीयू शय्या, मेडिकल अक्सिजन प्लान्टलगायतको सहयोग भारतले उपलब्ध गराएको बताउँदै राजदूत क्वात्राले कोभिडसम्बन्धी कडा प्रतिबन्धका बाबजुद पनि दुवै देशको व्यापार निर्वाध ढङ्गले अगाडि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : ४६ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,