२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन् ।

‘स्थानीय निर्वाचन समयमै नगराउने आलटाल भइरहेको छ । एमाले यसको विरुद्धमा छ । यस विषयलाई जनसंगठनहरुले आआफ्नो ठाउबाट दबाव दिन पार्टी परिचालन गर्नेगरी निर्णय गर्नेछ, अर्को जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने कार्यक्रम छ’, रिजालले बताए ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरु सहभागी हुनेछन् । बैठकमा ५० जना भन्दा बढीको उपस्थिति रहनेछ ।

सरकारले २५ जना भन्दा बढीको संख्यामा भेला नहुन निर्देशन जारी गरेको भएपनि स्वास्थ्य मापदण्डको पालना गरेर बैठक बस्ने रिजालले बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ३५ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ