६ पुस २०८२, आइतबार | December 21, 2025

युवा संघ नेपाल रुपन्देहीको बृहत् रक्तदान सम्पन्न



बुटवल । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको सप्ताहव्यापी रक्तदान अभियानअन्तर्गत रुपन्देहीमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ रुपन्देहीले बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरेको कार्यक्रममा १२५ यूनिट रगत संकलन भएको छ ।

युवा संघ रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक तथा युवा संघ जिल्ला कार्यसमिति सदस्य दिपक खड्कीले बताए । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ रुपन्देही इन्चार्ज केशव रोकाले सामाजिक अभियानसँगै स्वास्थ्य क्षेत्रमा समेत युवाहरुको योगदानका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।

रगत नपाएर कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्यका लागि यो अभियानले सहयोग गर्ने उनले उल्लेख गरे । युवा संघले सप्ताहव्यापी रुपमा देशका अन्य जिल्लाहरुमा समेत यसैगरी रक्तदान कार्यक्रमको आयोजना गरिरहेको उनले जानकारी गराए ।

युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, युवा नेताहरु दिनानाथ भट्टराई, सुरज खरेललगायतको उपस्थिति रहेको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । मुलुकका विभिन्न आन्दोलनहरुमा मात्रै होइन मानवीय सेवामा पनि युवा संघ तयार छ भन्ने सन्देश यो अभियानले दिने उनीहरुले बताए ।

रक्तदाताहरुलाई प्रमुख अतिथि युवा संघ रुपन्देही इन्चार्ज रोकालगायत उपस्थित अतिथिहरुले प्रमाणपत्र प्रदान गरेको सदस्य कृष्ण कुमालले जानकारी दिए । कार्यक्रम सहसंयोजक विकासजंग बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ४२ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा